एनपीएल : जनकपुरलाई पराजित गरी सुदूरपश्चिम शीर्षमा

काठमाडौँ/ईकान्तिपुर ।— सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्त्वपूर्ण विजय हात पारेको हो ।

टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शीर्ष दुई टोली बीचको प्रतिस्पर्धामा जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो । जारी एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।

Advertisement

पहिलो चार खेल जितेको जनकपुरको यो पहिलो हार हो । जनकपुरमाथि विजय हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । जनकपुरसँगै ८ रन भए पनि सुदूरपश्चिम राम्रो रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका जोशुआ ट्रम्प बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नवौं खेलाडीको रुपमा आउट भएका ट्रम्पले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । कप्तान अनिल साह ७ बल खेलि शुन्यमा आउट भएका थिए । आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष ठाकर ५, जिम्मी निसम ४, शुभ कंसाकार शून्य, अरनिको यादव १, शेर मल्ल शून्य र ललित राजवंशी ४ रनमा आउट भए ।

यसअघि सैफ जैब र भेट्रान विनोद भण्डारीले पहिलो विकेटमा ८ ओभर भित्र ५५ रन जोडे पनि सुदूरपश्चिमले त्यसको फाइदा उठाउन सकेको थिएन । हर्ष ठाकरले इंग्लिस ब्याटर जैबलाई २१ रनमा आउट गरेसँगैं सुदूरपश्चिमको रनमा अंकुश लाग्नुका साथै विकेट पतन पनि सुरु भएको थियो । जैबले २१ बल खेलि ३ चौका प्रहार गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु