दुई हजारले बढ्यो सुनको मूल्य

 

काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

Advertisement

तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हाे ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु