पत्रकार महासंघ बाँके निर्वाचनः चौतारीबाट बिद्रोह गरी पछल्डङग्याले दिए अध्यक्षमा उम्मेदवारी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको मङ्सिर २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा प्रेस चौतारी नेपाल बाँकेका नेता विश्वराज पछल्डङग्याले बिद्रोही उम्मेदवार दिएका छन् ।

महासंघको नेतृत्वका लागि कांग्रेससंग आस्था राख्ने प्रेस युनियन र एमाले सम्बद्ध पत्रकाहरुको संगठन प्रेस चौतारीबीच एलायन्स भएपछि पछल्डङग्याले बिद्रोही उम्मेदवारी दिएका हुन । पछल्डङग्याको बिद्रोहले गठबन्धनमा ठूलो असर पार्न सक्ने अनुमान पत्रकारहरुले गर्न थालेका छन् । दुई संगठनको एलायन्समा प्रेस युनियनले अध्यक्ष र चौतारीको भागमा उपाध्यक्ष भाग परेपछि पछल्डङग्याले बिद्रोही उम्मेदवारी दिएको बताएका छन् ।

Advertisement

यसअघि महासंघ बाँकेको एक कार्यकाल कार्यसमिति सदस्य र कोषाध्यक्षको जिम्मेवारी सम्हाली सकेका पछल्डङग्या पत्रकार माझ लोकप्रिय मानिन्छन। कसैलाई नबिगार्ने उनी दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन्।

नयाँ पत्रिका बाँकेको सम्बाददाता भई खोज पत्रकारिता गर्दै आएका उनले समग्र पत्रकारको हितमा सतिसाल झै उभिने प्रतिबद्धता जनाएका छन्। पत्रकारिता क्षेत्रमा देखिएको बिकृति बिरुद्ध उभिने बताउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने स्पस्ट पारेका छन्। राजनीतिक आस्था भन्दा माथि उठेर मतदान गर्न आग्रह गर्दै उनले महासंघ बाँकेलाई देसकै उत्कृष्ट शाखा बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु