जाजरकोटमा जीप दुर्घटना: १महिने बालकसहित हुँदा पाँच जनाको मृत्यु

 

सुर्खेत । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा जाजरकोट   नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु