तराईका केही स्थानहरुमा हुस्सु

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Advertisement

 

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ ।

 

दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

रातीː देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

२०८१ मंसिर ३० गते (आइतबार)

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

रातीː देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

२०८१ पुस ०१ गते (सोमबार)

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

रातीː देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आन्शिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु