बाजुरामा आठ वर्षीया बालिकाकाे हत्या

 

बाजुरा बुढीगंगा नगरपालिका- २, नडाङमा आठ वर्षीया बालिका विनिता नेपालीको हत्या भएको छ ।

Advertisement

मानसिक सन्तुलन ठीक नभएका सोही ठाउँका ४८ वर्षीय नन्दे सनइले बालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हत्यामा संलग्न सनइलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सनइको साथबाट हँसिया, बन्चरो र कोदालो बरामद गरेको छ । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु