बर्दिया ठाकुरबाबा खैलारमा चितुवाको आक्रमणमा ६ जना घाइते

 

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा शनिवार विहान ६ जना स्थानीय घाइते भएका छन् ।

Advertisement

स्थानीयका अनुसार घाइते हुनेमा झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएका छ्न ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अन्यलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते हुनु भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु