नेपालगन्ज, ३० मंसिर २०८१
नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप प्रमुख राईले तालिममा सिकेका कुरा वडाको टोल टोलमा गएर किसानहरुलाई सिकाएमा मात्रै प्रभावकारी हुने बताए । उनले भने “अहिले हामी सबैले बिषादीयुक्त तरकारी र अन्नबाली खाना परेको छ । जसको प्रभाव मावन स्वास्थ्यमा एकदमै नकारात्मक छ । त्यसकारण अर्गनिक उत्पादनका लागि प्राङ्गारिक तथा जैबिक मलमा टेवा पु¥याउन तालिमको आयोजना गरेको उनले बताए ।” त्यसका लागि अगामी दिनमा वडा वडामा कृषिका लागि बजेट बिनियोजन गरेर अगाडी बढ्ने उपमेयर राईले बताए । तालिममा नगरका बिभिन्न वडाबाट २३ जना प्रशिक्षकहरु सहभागी थिए । सहभागी प्रशिक्षकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले तालिममा सिकेको ज्ञान सिपलाई व्यवहारमा उटार्नका लागि आग्रह गरे । अनिमात्रै सिकाई प्रभावकारी हुने उनले बताए । समापन कार्यक्रमको अध्यक्षता गरिरहेका वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले घरको भान्साबाट निक्केका फोहरलाई मल बनाई सदुपायोग गर्नमा टेवा पुग्ने उनले बताए । व्यवसायिक रुपमा पनि प्राङ्गारिक तथा जैबिक मल बनाएर बिक्रि गर्न सकिने भएकाले, आर्थिक बिकासमा पनि टेवा पुग्ने, उनले बताए । नेपालगन्जको सबै भन्दा बढी कृषि भुभाग रहेको वडा नं २० का वडा अध्यक्ष कौशल कुमार धोबीले तालिममा सिकेका सिपलाई प्रशिक्षकले वडामा गएर सिकाउने भएकाले कम्पोष्ट मल र जैबिक बिषादी उत्पादनमा टेवा पुग्ने बताए । जसले रसायनिक मल र बिषादी न्युनिकरण हुने बिश्वास समेत व्यक्त गरे । तालिममा वडाबाट सहभागि प्रशिक्षकलाई मल उत्पादनका लागि योजना बनाएर आएमा सहयोग गर्न तयार रहेको उनले बताए ।
Advertisement
तालिममा नेपालगन्ज उपहानगरपालिकाका प्राय सबै वडाबाट एक एक जना प्रतिनिधित्व हुने गरी दक्ष कृषि प्रबिधिक प्रशिक्षक तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले बताए । यो तालिमले केही हदसम्म रसायनिक बिषादीको प्रयोगलाई न्युनिकरण गरी घर घरबाट निस्कनले सड्नेगल्ने फोहर तथा गाईबस्तुको गोबर, मुत्रबाट प्राङ्गारिक तथा जैबिक मल उत्पादन गरी अर्गनिक तरकारी तथा अन्न उत्पादनमा टेवा पु¥याउने उद्देश्य राखिएको छ । तालिम अबधिभरी खजुराको मल तथा माटो परिक्षण प्रयोगशाला, बिउबिजन प्रयोगशाला, नेपालगन्जको कान्जी हाउस, फोहरमैला व्यवस्थापन केन्द्र, गड्यौली मल उत्पादन उद्योग लगायतको ठाउँसमेत अवलोकन गराई प्रयोगात्मक अभ्यास समेत गराइएकाले तालिम प्रभावकारी हुने प्रशिक्षक केशव राज काप्mलेले बताए । तालिममा सहभागीहरुले सिकेका कुरा व्यवहारमा लागु गर्ने बताएकाछन् । त्यसका लागि स्थानीय सरकारले साथ र सहयोग गर्नु पर्ने उनीहरु माग रहेको छ । समापन कार्यक्रममा प्रशिक्षक बिर बहादुर हमाल, समाजिक बिकास शाखाका अधिकृत शान्ती केसी, कृषि प्रबिधि भवन पन्त लगायत्को सहभागिता थियो ।