प्रधानमन्त्री र एमसीसी प्रमुख कार्यकारी अधिकृतबीच भेट

रासस/ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेकी छन् ।

 

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु