विद्युत्को पोलमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु

 

बुटवल — गएराति बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रितभई सोमबार राति विद्युत्को पोलमा ठोक्किएर दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका–१ शंकरनगर बस्ने २६ वर्षीय गोविन्द ढकालको मृत्यु भएको छ ।

Advertisement

सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु