बुटवल- गृहमन्त्री रमेश लेखकले भारतसंग जोडिएको लुम्बिनीका तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएको भन्दै तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने चेतावनी दिएका छन् । उनले गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
Advertisement
गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन ।
संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताए। जनताको मौलिक हकअधिकारको सुनिश्चितता नै लोकतन्त्रको पूर्व शर्त रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा खलबलिने बत्तिकै मौलिक हक अधिकार गुम्ने भएकोले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आग्रह गरे।
मंगलबार दिनभर चल्ने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका गण र बाहिनी प्रमुखहरूको सहभागीता छ।









