file Photo
बाँके— बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि मंगलबार क्यामेरा जडान गरिएको छ । बाघ आउजाउ गर्ने सम्भावित स्थान शिवखोला, ठुरीया, खडकवार र कुसुम बैरीयाको घांसे मैदानलगयातका क्षेत्रमा १ सय बढी स्वचालित क्यामेरा जडान गरिएने छ । सन २०१५ मा गणना गर्दा ७ ब्यस्क र २ डमरु गरी ९ पाटे बाघ भेटिएका थिए । यस वर्ष बाघको संख्या बढेको छ । २०७९ मा बाघका ेसंख्या २१ पुगेको थियो ।
Advertisement
निकुन्जका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र कँडेलले बाघको संख्या गण्णाका लागि क्यामरा जडान गरिरहेको बताउ । बाघ हिडडुल गर्ने सम्भावित क्षेत्रमा तस्बीर लिन क्यामेरा जडानको काम गरिएको छ,’ उनले भने,‘क्यामेरामा परेको तस्बीरको बिश्लेषण गरी बाघको संख्या यकिन गर्न सकिने छ ।’
बाँके निकुन्जमा कम्दी जैबीक मार्ग भएर भारतीय निकुन्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्ने गर्छन । उक्त निकुन्जले पश्चिम बर्दिया र पुर्बतर्फ नवलपरासीको जंगल जोेडिएकाले बन्यजन्तु आउजाउ बढी हुने गरेको छ । बाघको संख्या बढाउन बाँके निकुन्जभित्रका पानी पोखरी र घांसे मैदान निर्माण गरिएको छ । घास र पानीको ब्यवस्था गरिएपछि बाघलाई आवश्यक पर्ने चित्तल, जरायो, निलगाई लगायतका बन्यजन्तुको संख्या बढेको निकुन्जले जनाएको छ ।
साढे ५ सय वर्ग किलो मिटर वन क्षेत्र र ३ सय ४३ वर्ग किलो मिटरमा मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ । ०६७ बैशाख ३० गते सरकारले निकुञ्ज घोषणा गरी असार २८ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । निकुञ्ज संरक्षणका लागि नेपाली सेनाको १३ वटा सुरक्षा पोष्ट राखिएका छन् । मुलुक कै सबैभन्दा कान्छो निकुन्जमा बाघसंगै ११ प्रजातीका दुर्लभ तथा संकटमा परेका स्तनधारी रहेका भेटिएका छन् । दुर्लभको सूचीमा परेका दुई प्रजातीका घस्रिने वन्यजन्तु फेला परेको निकुञ्जले जनाएको छ । गत वर्ष गरिएको अध्ययनले निकुन्जमा ३२ प्रजातीका वन्यजन्तु भेटिएका थिए ।
दुर्लभ तथा संकटमा परेका बाघ, हात्ती, चौका, चरी बाघ, हुण्डर, वनकुकुर, घोरल, लगुना, निलगाई र जरायो पनि निकुन्जमा देखिन थालेका छन् । अजिङगर र ब्राङ रुफ्ट प्रजातीका कछुवा निकुन्जमा पाइएका छन् । त्यस्तै निकुन्ज भित्र पर्ने नदी, खोलामा ५५ प्रजातीका माछा भेटिएका छन् । ती मध्ये ५ प्रजातिका माछा दुर्लभको सुचीमा पर्छन ।
बर्दियाको सीमानादेखि दांगसम्मको सरकारी वनमा बन्यजन्तुको संरक्षणका लागि निकुन्ज स्थापना गरिएको हो । निकुन्ज स्थापनाअघि पनि गरिएको अध्ययनले पनि बाँकेका सरकारी वनमा दुर्लभ बन्यजन्तु रहेको देखाएको थियो ।









