२ पौष , नागरिक समाज बढैयाताले आज बार्षिक योजना बनाएकाे छ ।
बाके युनेस्को क्लबको सशक्त बालिका परियोजनाले आयोजना गरेको नागरिक समाज तथा सञ्चारकर्मी बिच भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाज बढैयातालले बार्षिक योजना बनाएकाे हो ।
Advertisement
नेतृत्व विकास तालिम , वडा स्तरमा जनप्रतिनिधी र सरोकारवाला पक्ष संग अन्तरक्रिया , कार्यपालिका र नागरिक समाज सञ्जाल बिच सम्वाद , बिभिन्न दिवसमा सहभागिता नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि लगाएतका योजना निमार्ण भएको नागरिक समाज बढैयाताले जनाएको छ ।
बढैयातालमा बालबालिका , यूवा , महिला , किशोरीहरुका मुख्य समस्या तथा चुनौति , समस्याका कारण र समाधानका बिषयमा समुह कार्य तथा प्रस्तुतिकरण समेत गरिएको कार्यक्रमको सहजिकरण पयिोजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारुले गरेका थिए ।

नागरिक समाज बढैयातालको समन्वयमा भएको कार्यक्रममा नागरिक समाज बढैयातालका सदस्यहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको नागरिक समाज बढैयातालका सचिब ज्ञानेन्दराज्र पोख्रेलले जनाएका छन् ।









