३ पौष , नोपल उत्पिडित जातिय मुक्ति समाज बढैयातालको अध्यक्षमा किसन बि.क सर्वसम्मत चयन भएका छन् ।
मुक्ति समाजका केन्द्रिय सदस्य ओम नेपालीको प्रमुख आतिथ्यमा भएको दोश्रो अधिबेशनले किसन बहादुर बि.क.को नेतृत्वमा १३ सदस्य नेपाल उत्पिडित जातिय मुक्ति समाज बढैयातालको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
Advertisement
जसमा उपाध्यक्षमा अन्जु बि.क. , सचिबमा सुकमाया सुनार , उप सचिबका जित बहादुर बि.क. महिला उप सचिबमा मन कुमारी बि.क.रहेका छन् भने यसै गरि सदस्यहरुमा नन्द किशोर नेपाली , रत्नमायाँ बि.क., रामबहादुर सुनार , भिम बहादुर सुनार, शसिला परियार , नन्दी सुनार , चन्द्रकला सुनार र तुलसि सुनार सर्व सम्मत चयन भएका मुक्ति समाज बढैयातालले जनएको छ ।
बढैयातालको सुनगाभा होटलमा भएको मुक्ति समाजको दोश्रो अधिबेशनमा नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य नेत्र प्रसाद सापकोटा , नेकपा एमाले बढैयातालका अध्यक्ष प्रेमराज
त्रिपाठी , महिला नेतृ तथा तथा बढैयाताल गाउँपालिकी कार्यपालिका सदस्य चन्द्रकला बि.क.लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
मुक्ति समाजका केन्द्रिय सदस्य सर्जन बि.क., केन्द्रिय सदस्य गिती बि.क. मुक्ति समाज बर्दियाका अध्यक्ष भोबिन्द्र बहादुर सुनार , मुक्ति समाजका सचिब कुल बहादुर बि.क. , कार्यपालिका सदस्य टिकाराम सुनार , आइतराम परियार , नेकपा एमाले जिल्ला कमिटीका सदस्य लगाएतका ब्यक्तिहरुको उपस्तिथी रहेको कार्यक्रमको सञ्चालन गुमबहादुर परियार र स्वागत सुकमाया सुनारले गरेकी जनाएको छ ।









