३ पौष , मानब कल्याण धार्मिक महोत्सक २०८१ को आज एक समारोह विच सार्वजनिक सुनुवाइ गरिएको छ ।
बढैयाताल गाउँ पालिका वडा नम्बर ४ मा एम्बुलेन्स सञ्चालनार्थ गठित मुल आयोजक समितिले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाइ गरेको हो ।
Advertisement
बढैयाताल गाउँपालिका वडा न.४ का अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक नरे थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ तथा पत्रकार सम्मेलनमा आयोजक समितिका कोषाध्यक्ष राजकुमार महतराले धार्मिक महत्सोवको आम्दानी र खर्चको बिबरण सहितको सार्वजनिक गरेका हुन् ।
कोषाध्यक्ष महतराले २०८१ मंसिर १७ गते देखि २४ गते सम्म सञ्चालन भएको महोत्सबमा आम्दानी २७ लाख २८ हजार १६३ रुपैया , खर्च तर्फ १२ लाख ८४ हजार ५३४ रुपैया भएको र बचत तर्फ १४ लाख ४३ हजार ६२९ रुपैया भएको सम्मेलनमा सार्वजनिक गरेका हुन् ।
४ नम्बर वडा कार्यालयको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा वडा अध्यक्ष नरे थापाले वडा नम्बर ४ का जनता लाई एम्बुलेन्सको सेवा दिने उद्देश्यले आयोजना गरिएको महोत्सबमा जिन्सी तथा नगत सहयोग गर्ने दाताहरु प्रति धन्यवाद प्रकट गर्दै छिट्टै एम्बुलेन्सको सेवा सञ्चालनमा हुने बिश्वास दिलाए क ।
महोत्सब लाई प्रभाबकारी रुपमा सम्पन्न गर्नका लागि एक सय एक जनाको मुल आयोजक र ८ जनाको सचिवालय गठन गरिएको मुल समितिका महासचिब टिकाराम थारुले जानकारी दिए ।









