मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

 

काठमाडौं । मनाङमा आज बिहान आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भू
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले क्षति पुर्‍याएको छैन ।

Advertisement

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

 

मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३।९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ ।

कुनै पनि बेला ठूला धक्का जान सक्ने हुँदा क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने र उद्धारको तयारीमा जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।

यद्यपि पटक(पटक गइरहने साना धक्कालाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको मत छ । यसबाट लामो समय भूगर्भमा सन्चित भएको ऊर्जा बाहिरिने मद्दत मिल्छ ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु