कर्फ्युमा नेपालगञ्ज सुनसान

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु जारी गरेपछि यहसँको अवस्था शान्त देखिएको छ ।

केही व्यक्तिका कारण हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो एक बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । नेपालगन्जको उत्तर राँझा, पश्चिम इन्द्र्रपुर चोक, दक्षिण जमुनाहा नाकासम्म कर्फ्युको सीमा तोकिएको छ । प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन् ।

Advertisement

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क) मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ । गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु