५ पौष ०८१ , नेपालमा बन ब्यबस्थापनको सबै भन्दा ठुलो चुनौति भनेको नै बन अतिक्रमण भएको डिभिजिन बन कार्यालय बर्दियाका प्रमुख विजयराज सुबेदीले बताउनु भयो ।
डिभिजन बन कार्यालय बर्दियाले आयोजना गरेको दिगो वन ब्यबस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढिकरण सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा प्रमुख सुुबेदीले सो कुरा बताउनु भएको हा्े ।
Advertisement

बर्दिया जिल्लाको बनको अवस्थाका बारेमा जानकारी गराउदै डिभिजन बन कार्यालय बर्दियाले एक एक रुख र गिण्डाको रेकर्ड राखेको हुदा कुनै पनि काठको अनियमितता नहुने र सामुदायिक बनमा हुने कटान छपानका कार्यहरु बन ऐन कानुन बमोजिम डिभिजन बन कार्यालयको स्वीकृतीमा हुने गरेको डिभिजन बन अधिकृत सुबेदीले प्रष्ट पार्नु भयो ।

बर्दिया जिल्लाका राष्ट्रिय सञ्चार तथा स्थानिय सञ्चारमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको अन्तरक्रिया तथा गोष्ठिमा डिभिजन बन अधिृकत सुबेदीले संघिय वन नियमावली २०७९ को नियम १५मा बन ब्यबस्थापन गर्दा बन संबर्दन अवलम्बन गर्नुु पर्ने नीतिगत ब्यबस्था हरेकोले सबैले पालना गर्नु पर्नेमा जोड दिनु भयो ।
डिभिजन बन कार्यालय बर्दियामा तिन महिना अघि सरुुवा भएर आउनु भएका सुबेदीले बर्दिया जिल्लाको बन ब्यबस्थापन लाई नमुनाको रुपमा बिकास गर्ने बताउनु भयो । बिगतमा के भए के भएन त्यो कुरा भन्दा पनि आफ्नो कार्यकालमा ऐन कानुनको पुर्ण पालना गर्दै बन तथा बन्य जन्तुको संरक्षण , बन ब्यबस्थापन , बन विकास , बन पैदावर बिक्रिबितरण र मानब र बन्यजन्तुको द्धन्द्ध ब्यस्थापन गर्ने मुख्य काम रहेको प्रमुख सुबेदीले बताउनु भयो ।
मानब र वन्य जन्तु बिचको द्धन्द्ध कम गर्न सबै भन्दा राम्रो उपाय भनेको नै छेकवार हो यस प्रति कसैको चासो नरहेको भन्दै बार्षिक रुपमा नेपालमा करिब १५ करोड क्यूफिट काठ त्यसै नोक्सान भएको छ भने करिब १ करोड क्यूफिट काठ प्रयोगमा आउने गरेको डिभिजन बन प्रमुख सुवेदिले जानकारी दिनु भयो ।
जिजया गेष्ठ हाउस गुलरिया बर्दियामा सुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको उत्तर दिदै प्रमुख सुबेदीले भन्नु भयो बन ब्यबस्थापनको लागि उमेर पुगेको रुख काट्ने , नयाँ रुख हुर्काउने र खाली भएको ठाउँमा रुख उमार्ने कार्यनै बन ब्यबस्थापनको मुख्य काम भएको बताउनु भयो ।









