बर्दिया —एक बर्षअघि देखि फरार भएका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पकाउ पर्नेमा गुलरिया नगरपालिका–४ कि ६६ वर्षया महिनी थारु रहेका छ्न । उनि २०८० साल भदौ ३० गतेको अदालतको अंश मुद्दामा ८ हजार ९ सय १६ रुपैयाँ जरिवाना भई फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्ला अदालतको फैसलाले चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी गुलरिया–११ लालपुरका ५० वर्षीय दयाराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुई जनालाई बर्दिया अदालतमा पेश गरिएको छ ।









