नागरिक उन्मुक्ति पार्टीको आयोजनामा बढैयातालमा रक्तदान

बर्दिया, ६ पौष २०८१
बर्दिया, बढैयाताल गाउँपालिका ६ मैनापोखार बजारमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नागरिक उन्मुक्ति पार्टी बढैयातालको आयोजना तथा रेडक्रस सोसाइटी पारदेशिक रक्तसंञ्चार केन्द्र नेपालगन्जको प्रबिधिक सहयोगमा रक्तदान कार्यसम्पन्न गरिएको पार्टीका पालिका कमिटीका अध्यक्ष लल्लुराम थारुले बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय महासचिव ठाकुर सिंह थारु र पालिका कमिटीका अध्यक्ष लल्लुराम थारुले प्रादेशिक रक्तसंञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्रबिधिकलाई रगतको पोका हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । रगतको कमीका कारण समस्यामा परेका व्यक्तिलाई रगत सहयोग गर्ने उद्देश्यले रक्तदान गरिएको पार्टीका केन्द्रिय महसचिव ठाकुर सिंह थारुले बताए । अगामी दिनमा पनि पार्टीले रक्तदान कार्यक्रम गरी समाजिक सेवामा योगदान पु¥याउने उनले बताए ।

Advertisement

नागरिक उन्मुक्ति पार्टीको आयोजनामा बढैयातालमा गरिएको पहिलो पटक रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा शारदा माध्यमिक बिद्यालयका शिक्षक घनश्याम थारु, शिक्षक बिमल थारु, पत्रकार शम्भु थारु, जागेश्वर सिंह थारु, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी सहायक निरिक्षक चित्र बहादुर बुढाक्षेत्री, प्रहरी सहायक हवल्दार धनिराम चौधरी, पार्टीका बाँसगढी ६ मोतिपुर टोल कमिटी संयोजक राम बिसुन थारु लगायत् पार्टीका अगुवा कार्यकर्ता समाजसेबीहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो । रगत संकलन कार्यक्रममा रेडक्रसकर्मी तथा पत्रकार पवन जैसवाल लगायत् प्रबिधिकहरुको सहयोग गरेका थिए । कार्यक्रममा पार्टीका प्रदेश कमिटीका सदस्य प्रशुराम थारु, राम दुलारे थारु, पालिका कमिटीका सचिव हरि प्रसाद चौधरी, वडा नंं ६ वडा कमिटीका संयोजक जोखन थारु लगायत्ले रगत संकलन कार्यमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु