खोलाको दहमा डुबेर दुई जनाको मृत्यु

तेह्रथुम- मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरतमोरङ विराटनगर घर भएकी२४ वर्षीया रबिना राजबंशी र मेन्छयायेम गाउँपालिका-५ बस्ने कमल भट्टराईकी छोरी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन् ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु