जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कास्की- २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-१३ काहुँखोला बस्नेगोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई २ जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिक्रमलाई पक्राउ गरेको हो ।
प्रहरीलेघटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु