कालिका बचत तथा ऋण सहकारी: ३७ लाख भन्दा धेरै नाफा गर्न सफल

कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयातालले ३७ लाख ३४ हजार भन्दा धेरै नाफा गर्न सफल भएको छ ।

कालिका बचत तथा ऋण सहकारी संस्था लि..ले आ.ब. ०८० र०८१ मा ८ करोड ३६ लाख ५६ हजार ७८८ रुपैया ८६ पैसाको कारोवार वाट ३७ लाख ३४ हजार २५८ रुपैया २३ पैसा नाफा गर्न सफल भएको हो ।

Advertisement

संस्थाको २३ औं साधरण सभामा प्रस्तुत गरेको लेखा प्रतिबेदन अनुसार शेयर पुंजीमा १ करोड १७ लाख ६० हजार ४०० , बचत तर्फ ४ करोड ९७ लाख ८२ हजार ११० रुपैया ५१ पैसा र ऋण तर्फ लगानीमा ६ करोड ६८ लाख ७८ हजार ८८७ रुपैया ३१ पैसा रहेको जनाएको छ ।

सदस्यहरुको आर्थिक र साजिक स्तर अभिबृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्य राखी स्थानिय युवाहरुको पहलमा २०५६ सालमा स्थापना भएको सहकारीमा हाल २५४ पुरुष र २८२ जना महिला गरि ५३६ जना शेयर सदस्य रहेको सहकारीको २३ औ साधरण सभाले २५ वटा महत्वकांक्षी योजना पास गरेको सस्थाका ब्यबस्थापक दिपेन्द्र गैरैले जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको साधरण सभाले अधिकतम बाल बचत तर्फ अदविका राना दैनिक वचत तर्फ गणेश प्रसाद भट्टराई , ऐच्छिक बचत तर्फ लक्ष्मीदेबि बस्नेत र उत्कृष्ठ ऋण तर्फ श्रीप्रसाद पौडेल लाई पुस्कार र प्रमाण पत्र वाट सम्मान गरेको सस्थाले जनाएको छ ।

सस्थाको २३ औ साधरण सभामा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीमकुमारी अधिकारी , वडा नम्बर ८ का वडाध्यक्ष तेजनाथ पौडेल , सहकारी संजाल बढैयातालका अध्यक्ष बिष्णु प्रसाद लम्साल , बोडर विकास बहुउद्देश्य सहकारीका अध्यक्ष टुकराज घिमिरे , ज्योती वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उद्धब न्यौपाने , दिपलगन महिला विकास बहुउद्देयीय सहकारी संस्थाकी अध्यक्ष पबित्रा अर्याल, मिलन कृष्क बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शोभादेवी अधिकारी , संकल्प महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्षल न्याम कुमारी बस्नेत , संस्थाका पुर्व अध्यक्ष , सस्थाका सल्लाहकार लगाएतको उपस्तिथी रहेकोे थियो ।

 

संस्थाको आफ्नै सभाहलमा सनिवार भएको साधरण सभामा सस्थाका सचिब पुष्पराज पौडेलले आ.व. २०८०र०८१ को प्रगति प्रतिबेदन तथा आ.ब. ०८१र०८२ को प्रस्तावित प्रतिबेदन , कोषाध्यक्ष कमलराज पौडेलले आ.व. २०८०र०८१ को बित्तिय प्रतिबेदन , लेखा सुपरीवेक्षण समितिका संयोजक राजेश्वर थापाले लेखा सुपरीवेक्षणको समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको सस्थाले जनाएको छ ।

संस्थाका उपाध्यक्ष बसन्त सिंह ठकुरीले स्वागत र सचिब पुष्पराज पौडेलले सञ्चालन गुर्न भएको २३ औ साधरण सभामा ४ जना ज्येष्ठ नागरिक शेयर सदस्य र एक लाख भन्दा धेरै शेयर खरिद गर्ने सदस्यहरु लाई सम्मान गरेको र सदस्य लाई टिकाइ राख्न पुरस्कार सहितको चिट्ठा कार्यक्रम रहेको सस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु