सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका(१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ ।

तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Advertisement

उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।

सुकवहादुरलाई जिल्ला अदालतमा पेस गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु