ई–रिक्सा चालकद्वारा नेपालगन्ज उपमहानगर कार्यालय घेराउ

 

नेपालगन्ज । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

Advertisement

सयौँ रिक्साहरु कार्यालयको मूलगेट तथा सडकमा रिक्सा तेर्साएर चाकहरुले विभिन्न नारा लगाउँदै उपमहानगर कार्यालय घेराउ गरेका हुन् । ब्याट्री रिक्साको नवीकरण सधैंका लागि खोल्नुपर्ने, नामसारी गर्न पाउनुपर्ने र नेपाल–भारत नाकामा पार्किंङको नाममा भइरहेको अवैध असुली तत्काल बन्द गरिनु पर्ने र निःशुल्क पार्किङको व्यवस्था गरिनुपर्ने माग गरेर आन्दोलन गरिएको नेपाल ईरिक्सा सङ्घर्ष समितिका संयोजक रियाज अहमद शेषले बताउनुभयो ।

उहाँले उपमहानगरपलिकाले वार्ता गर्ने भनी वार्ता समितिको नाम माग गरेको जनाउँदै आफ्नै संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेर नाम पठाइएको र वार्ता आज सोमवार हुने बताउनुभयो ।

वार्ता र आन्दोलन दुबै सँगसँगै जारी रहने जनाउँदै सङ्घर्ष समितिका संयोजक शेषले माग पूरा भएपछि मात्र आन्दोलन रोकिने बताउनुभयो । नेपालगन्जमा मात्र करिब ८ हजारभन्दा बढी ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिएको छ । यति धेरै सङ्ख्यामा रहेका रिक्सालाई व्यवस्थित गर्ने काम चुनौतीपूर्ण रहेको उपमहानगरपालिकाले जनाएको छ । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु