बाँके- कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बारबर्दिया नगरपालिका-८ बस्ने २२ वर्षीय संतोष आउजी, ३० वर्षीय राम प्रसाद चौधरी र २९ वर्षीय प्रेम भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Advertisement
झापा,भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने ४६ वर्षीयजित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल र लागूऔषधनियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-००५प ९४८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली,धनगढी उपमहानगरपालिका-८ मुसकान टोल बस्ने ३१ वर्षीय सुरेन्द्र भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरीकैलाली,धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम सहित२ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरीया गाउँपालिका-२ बस्ने २६ वर्षीय राम प्रसाद चौधरी र कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिमाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी,इटहरी उपमहानगरपालिका-१८बस्ने ५९ वर्षीय महिद मियालाईअवैध लागूऔषध गाँजा करिब ५ सय ८६ ग्राम,ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम,तराजु १ थान र मोबाइल ६ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, गोडैता नगरपालिका-१२ मधुवनीचोकबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब ५२ ग्राम ५ सय १० मिलिग्राम,नगद ३० हजार ३ सय २० रूपैयाँ र मोबाइल २ थान सहित२ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका-४ ठुलीदमार बस्ने ३४ वर्षीय तेज बहादुर बराईली रबारा निजगढ नगरपालिका-१ सिंगोल बस्ने ४२ वर्षीय आनन्द बराईली रहेका छन् । इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनगाउँबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको बाग्मती प्रदेश ०३-००५प ५२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाही,हरिवन नगरपालिका-१०बस्ने ६५ वर्षीया जय कुमारी पासवानलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७७ ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाटखटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।









