काठमाडौं- झापा, भद्रपुर नगरपालिका-७ अन्जनी मोडबस्ने ५५ वर्षीय निमा नारायण गणेशको गोठमा बुधबार रातिआगलागी हुँदा गोठसहित गोठमा रहेका चौपाया जलेर करिब ८ लाख ७४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरी, औरही नगरपालिका-३ श्रीपुर बस्ने ५५ वर्षीय रामछविला यादवको साढे २बिगहामा लगाएको धान काटी पुरन्दाहा पोखरीको डिलमा जम्मा गरी राखिएको करिब ८० क्विन्टल धानमा बुधबार बेलुकी आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धान र पराल जलेर नष्ट भएको छ ।
Advertisement
पाँचथर, फालेलुङ गाउँपालिका-७ डाँडागाउँस्थित गौरी आले मगरको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदानगद समेतविभिन्न सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








