बर्दिया अदालतबाट कैद सजाय पाएका फरार दुई जना पक्राउ

 

बर्दिया —बर्दिया प्रहरीले बर्दिया जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएक छ ।

Advertisement

अदालतले गत बैशाख ३१ गते २२ दिनको कैद सजाय सुनाएको गेरुवा गाउँपालिका–५ का एक किशोरलाई गुलरियाबाट रलागुऔषध मुद्दामा कैद सजाय र जरिवाना भई पाएका बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका ३७ वर्षीय नरेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालतले खत्रीलाई उक्त मुद्दामा १ महिना १७ दिन कैद ,४ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने फैसला गरेको प्रहरीले जनाएको छ ।

 

उनिहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा हाजिर गराइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु