कालिकोटमा ३.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२ गते मापन गरिएको हो।

भूकम्पबाट भएको सम्भावित क्षति र प्रभावको विवरण अझै आउन बाँकी छ। केन्द्रले जनताको सुरक्षाका लागि सचेत रहन आग्रह गरेको छ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु