क्यान्सरलाई जिते बाँकेका सांसद डा. धवल, आईतबार नेपाल फर्किदै

नेपालगन्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् ।
भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने जानाएकाछ्न ।

क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा  लेखेपछि  उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न ।

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।’

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु