एजेन्सि । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा चालक दलसहित १८१ जना सवार जहाज विमानस्थलमै दुर्घटना भएको छ।
Advertisement
आइतबार थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। अहिलेसम्म दुर्घटनामा २८ जनाको मृत्यु भएको बताईएको छ ।
१७५ यात्रु र चालक दलका ६ सदस्य रहेको जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा ठोक्किएको थियो।
दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।









