काठमाडौं । नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई राष्टपतिले कैद मिनाह थरेको विरुद्ध अनसन थालेकी चेतन मानन्धरकी पत्नि भारती मानन्धर सर्वोच्च अदालतमा तारेख लिन जाँदा अदालत परिसरमै बेहोस भएर ढलेकी छन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल भर्ना गर्न पठाएको छ ।
Advertisement
श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।









