नेपालगन्ज —गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरि फरार भएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खा र ३० वर्षीय मोहम्मद रिजवान खा छन् ।
Advertisement
आरोपित दुवैका विरुद्ध पुस ६ मा पक्राउ पुर्जी जारी गरिएको थियो ।
बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी किशोरीको परिवार असुरक्षाका कारण बलात्कार घटनालाई गुपचुप नै राखेको थियो ।
प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।









