नेपालगन्जमा कर्फ्युः भारतबाट फर्किएका १५ सय नेपाली जमुनाहामा अलपत्र

 

नेपालगन्ज — नेपालगन्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु बारे जानकारी नपाई भारतबाट चाडपर्व मनाउन घर फर्किएका नेपालीहरु नेपालगन्ज रुपैडिहा नाका जमुनाहामा अलपत्र परेका छन् । जमुनाहा नाकास्थित प्रहरीका अनुसार चाडपर्व मनाउन भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरु अलपत्र परेका हुन् ।

Advertisement

उनीहरूलाई गाडी खोजेर नेपालगन्जको सीमा पार गराउने प्रयास भइरहेको छ । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याइँदै छ ।

स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।
कर्फ्युका कारण सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु