काठमाडौं । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुदैँछ ।
Advertisement
मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्दैछ ।
मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू बिभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन ।
जसअनुसार सो संबाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् ।
सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ ।








