बैजनाथमा मोटरसाईकल दुर्घटना हुँदा युवाको मृत्यु

बाँके-  बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका साइकलयात्री र स्कुटरमा सवार २ जना सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु