माईती नेपाल नेपालगन्जः ९०११ जना महिला तथा बालबालिका हराए, २३२३ जना मात्रै फेला

नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्ले पछिल्लो पल्ट सार्वजनिक गरेको तथ्यांकलाई मान्ने हो भने मानववेचविखन तथा ओसारपसारका घटना डर लाग्दो देखिएको छ ।

माइती नेपालका अनुसार २०२४ यता ९ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो । ति मध्ये २ हजार ३२३ जना मात्रै फेला परेको संस्थाले जनाएको छ । त्यस्तै सन् २०२४ मा ७७७ वटा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको छ ।

Advertisement

मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्य ४०७ जना फेला परेको जानकारी दिए  ।

उनका अनुसार पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको र रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् ।

भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्यस्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु