नेपालगन्ज — जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालिनरुपमा लगाएको कर्फ्यु यथावत राख्ने आदेश जारी गरेको छ । बुधबार प्रशासनमै गरिएको सर्बदलीय छलफलपछि कर्फ्यु यथावत राख्ने आदेश जारी गरिएको हो । त्यस्तै, प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ ।
प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारणरप्रकाशन नगर्नरनगराउन अनुरोध गरेको हो ।
Advertisement
प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न, सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैमा आग्रह आग्रह गरेको छ ।
बिज्ञप्ती










