नेपालगन्ज । समस्याग्रस्त घोषणा गरी कर्णाली विकास बैंकलाई व्यवस्थापन जिम्मा लिएको नियाकम निकाय राष्ट्र बैंकले बचत फिर्ता सुरु गरेको छ ।
Advertisement
नेपालगन्जस्थित केन्द्रिय कार्यलाय, खजुरा, लगायत दर्जन शाखाबाट फिर्ता सुरु गरेको हो ।

कर्णाली विकास बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको थियो ।
समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।
समितिले बिहीबारदेखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हालेको छ । उक्त समितिले नै संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी पाएको छ ।









