विद्या ज्योतिको स्वर्ण जयन्तीको अवसरमा स्वर्ण स्तम्भको शिलन्यास

बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा स्वर्ण स्तम्भको शिलन्यास गरिएको छ ।


स्थापनाको ५० औ वर्षको जन्मोत्सबको अवसरमा विद्यालयको प्राङ्गणमा बिहिवार स्वर्ण स्तम्भको शिलन्यास गरिएको हो ।

Advertisement


विद्या ज्योति नमुना माध्यामिक विद्यालय द्धारा स्वर्ण जयन्तीको अवसरमा आयोजित स्वर्ण महोत्सबका प्रमुख अतिथि एवं बढैयातालका अध्यक्ष हिमालय त्रिपाठी , उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र सोहि विद्यालयका पुर्व बिद्यार्थी बिश्वराज पाौडेलले संयुक्त रुपमा स्वर्ण स्तम्भको शिलन्यास गर्नु भएको थियो ।


महोत्सबका प्रमुख अथिति त्रिपाठीले ५० वटा दिप प्रज्वलन गरि स्वर्ण जयन्तीको शुभारम्भ गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका पुर्व बिद्यार्थी बिश्वराज पौडेलले स्वर्ण स्तम्भ र पुर्व बिद्यार्थी एव उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बिद्याकी देबी सरस्वतीको मुर्ति निमार्ण गर्ने घोषणा गर्नु भएकाे विद्याललय जनाएको छ ।

निकै उत्साह, उमङ्ग रौनकताका साथ भएको स्वर्ण महोत्सबको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तिसार रेग्मीले २०३२ सालमा स्थापना भएको नमुना विद्यालयको ऐतिहासिक पृष्ठमुमिको बारेमा जानकारी गराउदै विद्यालयको आर्थिक वर्ष २०८०/२०८१ को २ करोड ५७ लाख ४७ हजार ८९२ रुपैया ५६ पैसाको आय ब्यय प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक रेग्मीले शैक्षिक गुणस्तरका लागि गरिएका राम्रा अभ्यासहरुको जानकारीका साथै आ.ब. २०८१/०८२ मा गरिने प्रस्तावित कार्यक्रमको बारेमा जानकारी गराउदै भन्नु भयो नमुना विद्यालयको लागि आउने अनुदान रोकिएकोले शिक्षक ब्यबस्थापनका लागि स्थानिय सरकार संग माग समेत गर्नु भयो ।

 

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्त बहादुर सिंह ठकुरीको सभाध्यक्षमा भएको स्वर्ण महोत्सबमा अक्षयकोष वाट जेहन्दार ४० जना छात्र छात्रा लाई रु १ हजार देखि ३ हजार सम्म छात्रवृत्ति र उत्कृष्ठ बिद्यार्थीहरु लाई नगत तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको विद्यालयले जनाएको छ ।


नमुना बिद्यालयले शैक्षिक गुणस्तर बढाउनका लागि पालिका स्तरिय ८ कक्षाको परिक्षा र एस. ई.ई मा ए प्लस ल्याउने बिद्यार्थीहरु लाई नगत र प्रमाणपत्र द्धारा पुरस्कृत गरिएको थियो । अंगे्रजी , नेपाली र लेखा बिषयका शिक्षकले आफ्नो बिषयमा ए प्लस ल्याउने बिद्यार्थी प्रति बिद्यार्थी रु एक हजार परस्कार स्वरुप प्रदान गर्नु भएको थियो ।

बढैयाताल गाउँपालिकाका ८ नं.वडाका अध्यक्ष तेजनाथ पौडेलले महोत्सबको शुभकामना मन्तब्य राख्दै विद्यालयको गुणस्तर बिकासका लागि सबैको चासो बढ्नु पर्नेमा जोड दिनु भयो शुभकामना एकेडेमिका प्रिन्सिल सञ्जय श्रेष्ठ , ओम शान्ती इश्वरीय विश्व विद्यालयकी केन्द्रिय उपाध्यक्ष बाल व्रमहचारी दुर्गा दिदी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु , विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभाब संघका अध्यक्ष ,सदस्य शिक्षा प्रेमि , अभिभाबक , पुर्वविद्यार्थी , विद्यालय ब्यबस्थापनका पूर्व अध्यक्ष , पूर्व प्रधानाध्यापक , शिक्षक तथा बिद्यार्थि लगाएतको उपस्थिति रहेको थियो ।
मार्चपास , बिभिन्न संस्कति झल्कने साँस्कृतिक नृत्य प्रस्तुत गरि कार्यक्रम लाई रोचक बनाएको उक्त कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक पुष्पराज पौडेलले सञ्चालन बिद्यालयका शिक्षक द्धय कृष्ण बहादुर रानाभाट र कृष्ण सुबेदीले सञ्चालन गर्नु भएको विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु