नेपालगन्ज। पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान नेपालगन्जलगायत तराईका जिल्लाका विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।
Advertisement
तराईका भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी नभएका कारण हवाई उडान प्रभावित भएको हो । नागरिक उद्यायन कार्यालयका अनुसार तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ ।
भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ ।









