बर्दिया । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल तालमा यही माघ १ र २ गते दाेस्राे माघ मिलन कार्यक्रम हुने भएको छ ।
Advertisement
थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाँउपालिका वडा नं ५ काे आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
माघ मिलन कार्यक्रममा १५ बढि गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य ( मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा ) लगायतका नृत्य हुने बढैयाताल गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष तुलाराम थारूले बताए ।
माघ मिलन कार्यक्रममा थारु परिकार ( ढिक्री, माछा, घोघी, खुर्सानीको चट्नी, बंगुरको मासु, जाँड)को स्वाद लिन सकिने कार्यक्रमका संयाेजक राकेश थारूले बताए ।
माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उनले जानकारी दिए । माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पुरयाएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी उपस्थिति समेत रहने संयाेजक थारुले वताए । कार्यक्रम अवधिभर बढैयातालकाे अवलाेकन समेत गराईने छ ।









