१८ वर्षीया किशोरी पाँच महिनासम्म बलात्कृत

शिलापत्र- कैलालीको धनगढीमा १८ वर्षीया किशोरीले आफूमाथि पाँच महिनासम्म बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् ।

धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले पटकपटक बलात्कारको सिकार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । कार्यालयका प्रहरी नाउब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका– ६ का २७ वर्षीय युवकलाई पक्राउ गरिएको जानकारी दिए ।

Advertisement

‘आइतबार बेलुका कार्यालयमा आएर ती किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि ती युवकलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ ।’ डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौ महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन् । ‘युवकले आफूलाई जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु