नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आजदेखि हटाइएको छ तर, पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा कायमै राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान सार्वजनिक सूचना जारी गरी मंगलबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ। तर, आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने फेरि कर्फ्यू लगाइएको छ।
Advertisement
स्थानीय प्रशासनले कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोस्टरलगायत प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।










