लागूऔषधसहित कोहलपुरका दुई युवा पक्राउ

नेपालगन् — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– २ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षकै किरण राना मगर रहेका छन् ।

प्रहरीका अनुसार शुभमले चलाएको भे ११ प ६७६५ नम्बरको स्कुटीको पछाडि बसेका किरणको गोजीबाट १ ग्राम ०४ मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु