यहि पौष २७ गते देखि माघ ७ गते सम्म बाँसगढीमा सञ्चालन हुने बर्दिया माघ महोत्सबको तयारी पुरा भएको छ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा महोत्सबको मुख्य आयोजक थारु कल्याणकारिणी सभा बाँसगढी बर्दियाले महोत्सबको तयारी पुरा भएको जनाएको हो ।
Advertisement

आदीबासी जनजातिको भाषा कला र संकृतिको संक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सबका प्रचार प्रशार संयोजक राज थारुले महोत्सबको उद्देश्यको बारेमा जानकारी गराउदै महोत्सब लाई सभ्य र भब्य रुपमा मनाउनको लागि बांसगढी नगरपालिकाको संरक्षकत्व रहने गरि स्थानिय सबै सरोकारहरुको समन्वय र सहकार्यमा हुन गईरहेको प्रथम थारु कृषि ,पर्यटन , सांस्कृतिक मेला तथा बर्दिया माघ महोत्सबको उद्घाटन नेपाल सरकारका यूवा तथा खेलकुद संघिय मन्त्री तेजुलाल चौधरी वाट पौष २७ गते उदघाटन हुने संयोजक थारुले बताए ।

“ थारु सांस्कृतिक संरक्षण र प्रवद्र्धन ः कृषि पर्यटन लघु उद्यम विकास र सम्मुनतीमा हामी सबैको अभियान ” भन्ने मुल नाराका साथ हुन गइरहेको महोत्सबमा बर्दिया थाारु डान्स आईडल प्रतियोगिता , थारु संस्कृतिक नृत्य प्रतियोगिता , थारु संग्राहलय , टिकटमा लक्की ड्र , कृषि जन्य बस्तुको प्रदर्शनि तथा बिक्रिको लागि स्टल निशुल्क र स्थानिय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु वाट बेजोट प्रस्तुति हुने , थारु संस्कृतीका खानाका परिकार , ज्येष्ठ नागरिक लाई टिक निशुल्क र कम्बल बितरणा बिद्यार्थीहरुको लागि टिकमा ३० प्रतिश छुट साधरणा टिकट रू १ सय सुरक्षाकाे ब्यबस्था लगाएतका सुबिधा रहेको संयोजक राज थारुले जानकारी दिए ।
महोत्सबको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बर्दिया जिल्लाका बिभिन्न मिडियामा कार्यरत संञ्चारकर्मीहरुको उपस्थिति रहेको महोत्सब सचिवाललयले जनाएको छ ।









