Advertisement
बर्दिया — ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरी प्रहरीले ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ
बर्दिया जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजाय सुनाएका फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । अदालतबाट ०७९ साल कार्तिक २० गतेको फैसलाले अंश मुद्दामा दोषी ठहर भएका बढैयाताल गाउँपालिका-४ की सिखनी थरुनी र सोही ठाउँकी अन्जु थारु रहेका छन् ।
यसै गरी सोही मुद्दाका उक्त गाउँपालिका–३ का सादिर अली शेष र सोही गाउँपालिका–७ धनीराम भन्ने रामधनी चमार पनि पक्राउ परेका छन् । शेषलाई अदालतले ०८० साल पुस ९ गते र चमारलाई ०८१ असार २६ गतेको फैसलाबाट सजाय तोकेको थियो ।
त्यसैगरी बढैयाताल गाउँपालिका–१ का सुजन पुन मगर र मधुवन नगरपालिका–४ का किशोर लागूऔषध मुद्दामा ०८१ साल असार ३ गतेको अदालतको सजाय फैसलाले फरार प्रतिवादी हुन् ।









