बर्दिया । बाख्रा चराउन गएकी बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ७ सुन्दरपुरकी ४० वर्षीया पदमकला थापालाई पाटे बाघले आक्रमण गरी ज्यान लिएको छ ।
घर नजिकैको झाडीमा बाख्रा चराउन गएकी उनलाई आज आईतबार दिउँसो आक्रमण गरेको हो ।
Advertisement
ठाकुरबाबाको भुरीगाउँस्थित पत्रकार भावुक योगीका अनुसार तीनचार जना महिला बाख्रा लिएर नजिकैको सामुलायिक झुण्डीमा गएका थिए । बाख्रा धपाउन गएकी थापालाई बाघले आक्रमण गरेको थियो ।
बाघ आक्रमण गरेपछि बर्दिया निकुन्जबाट आएको प्राविधिक टोलीले हात्ती लगाएर बाघ लखेटेपछि बाघले थापाको शव छोडेर भागेको छ ।









