एमाले गण्डकीका. नेतृत्वका लागि मतदान सुरु

 

काठमाडौं । नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको छ । ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने छ । एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ।

Advertisement

बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो। गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

५ पदाधिकारीमा १० जनाको उम्मेदवारी कायम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए। अहिले २ सय ७७ जनाको उम्मेदवारी कायम रहेको छ। ३१ जना सदस्य निर्विरोध निर्वाचित भइरसकेका छन्।

एमाले गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टछुट्टै प्यानल खडा भएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु