बढैयाताल पालिकाका ५ फरारि पक्राउ

बर्दिया —प्रहरीले एकै दिनमा ५ फरार प्रतिवादी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय,मैना पोखरबाट खटिएका उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका जुवा, लुटपाट, चोरी र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।

Advertisement

लागूऔषध मुद्दामा अदालतबाट ०७९ साल भदौ २७ गतेको फैसलाले सजाय पाएका बढैयाताल गाउँपालिका–१ का सुशील परियार पक्राउ परेका हुन् । यसैगरी जुवा मुद्दामा जिल्ला अदालत बर्दियाबाट ०७६ चैत ५ गते सजाय पाएका सोही पालिका–२ का दिवस राई र गोपाल सुनार पक्राउ परेका छन् ।

०६६ साल चैत १२ गते अदालतले लुटपाट मुद्दामा सजाय फैसला भएका सोही पालिका–७ का शिव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही पालिका–५ का सञ्जय कुमार थारुसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्ती मगरले जनाए । पक्राउ गरिएका ५ जनालाई जिल्ला अदालतमा दाखिला गरिएको डीएसपी घर्ती मगरले बताए । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु